राजनीति र राज्यका निकायमा अन्योल देखियो : प्रचण्ड


काठमाडौं ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको राजनीति, कर्मचारीतन्त्र र राज्यका विभिन्न निकायहरूमा अन्योल देखिएको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले सरकारका राम्रा काममा सहयोग र समर्थन गर्ने, तर गलत कामको आलोचना तथा विरोध गर्ने आफ्नो नीति रहेको बताए। उनले पछिल्लो समय सरकारको कार्यशैलीका केही लक्षण सकारात्मक नरहेको टिप्पणी गरे।

प्रचण्डले राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र, नागरिक समाज तथा सचेत नागरिकलाई राष्ट्र र जनताप्रति थप गम्भीर र जिम्मेवार बन्न आग्रह गरे। उनले देशको स्वतन्त्रता, स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा गर्दै लामो संघर्षबाट प्राप्त लोकतन्त्र र स्वतन्त्रताको संरक्षणमा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए।