काठमाडौं ।
चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि नेपाली र भारतीय सेनासहितको टोलीले प्रयास जारी राखेको छ। सुरुङभित्र प्रवेश गरेका २१ जनाले म्यानुअल रूपमा माटो तथा भग्नावशेष हटाइरहेका छन्।
२५० मिटर लामो सुरुङमध्ये करिब १०० मिटर भाग सफा गरिएको छ। म्यानुअल रूपमा उद्धार कठिन हुने भएकाले ठूलो एक्स्काभेटर घटनास्थलसम्म पुर्याउने तयारी भइरहेको छ।
एक्स्काभेटर लैजान स्याफ्रुबेँसीदेखि पावरहाउस पोर्टलसम्म पहुँच सडक निर्माण थालिएको छ। साथै, सुरुङभित्रकै बाटोबाट एक्स्काभेटर लैजाने विकल्पमा पनि काम भइरहेको छ।
भौगोलिक विकटता, प्रतिकूल मौसम र सडक सञ्जाल अवरुद्ध हुँदा उद्धारमा कठिनाइ भए पनि पहुँच सडक निर्माण, सुरुङ सफाइ र आवश्यक उपकरण पुर्याउने कामलाई प्राथमिकताका साथ अघि बढाइएको उद्धार टोलीले जनाएको छ।












प्रतिक्रिया