चिनियाँ पक्षद्वारा ९६ नेपाली नागरिक हस्तान्तरण, सबै रसुवाका


काठमाडौं ।

चिनियाँ पक्षले आज ९६ जना नेपाली नागरिकलाई नेपालतर्फ हस्तान्तरण गरेको छ। हस्तान्तरण गरिएकामध्ये ७६ जना पुरुष र २० जना महिला रहेका छन्। हस्तान्तरण गरिएका सबै ९६ जना रसुवा जिल्लाका नागरिक रहेको जनाइएको छ।

उनीहरूलाई नेपालतर्फ ल्याएपछि यातायातको व्यवस्था गरिएको छ। उपलब्ध विवरणअनुसार उनीहरू सवार बस माछापोखरीसम्म मात्र जाने जनाइएको छ।