बैंकक ।
थाइल्याण्डका प्रधानमन्त्री अनुटिन चर्नविराकुलले विश्वव्यापी लगानीकर्तालाई थाइल्याण्डलाई उत्पादन स्थल वा बजारका रूपमा मात्र नभई दीर्घकालीन ‘साझेदार’का रूपमा हेर्न आग्रह गरेका छन्।
बैंकक बिजनेस समिटमा सम्बोधन गर्दै उनले थाइल्याण्डको औद्योगिक क्षमता, क्षेत्रीय आवद्धता र विभिन्न क्षेत्रलाई एकीकृत गर्ने सामर्थ्यलाई देशको प्रमुख प्रतिस्पर्धात्मक लाभका रूपमा प्रस्तुत गरे। उनले भने, ‘थाइल्याण्डमा मात्र निर्माण नगर्नुहोस्, थाइल्याण्डसँगै मिलेर निर्माण गर्नुहोस्।’
प्रधानमन्त्री चर्नविराकुलले लगानीका लागि सहज, पारदर्शी र अनुमानयोग्य वातावरण निर्माण सरकारको प्राथमिकता रहेको बताए। स्पष्ट कानुनी व्यवस्था, छिटो निर्णय प्रक्रिया, भरपर्दो पूर्वाधार, स्वच्छ ऊर्जा र डिजिटल पहुँच विस्तारमा सरकारले जोड दिएको उनको भनाइ छ।
उनका अनुसार सरकारले व्यवसाय र सर्वसाधारणमाथि अनावश्यक बोझ बनेका ७ हजारभन्दा बढी सहायक नियम तथा कानूनको पुनरावलोकन गरिरहेको छ। यस्ता अनावश्यक व्यवस्था हटाउँदा लगानी र व्यावसायिक गतिविधि थप सहज हुने सरकारको अपेक्षा छ।












प्रतिक्रिया