काठमाडौं ।
रसुवा भोटेकोसी बाढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या १ हजार ३४४ पुगेको छ।
नेपाल प्रहरीले भदौ २० गते बिहान ५ बजेसम्म ५२ बालक, ३३ बालिका, २६९ महिला, ४८९ पुरुष र ५०१ आंशिक अंग फेला परेको जनाएको छ।
प्रहरीका अनुसार हालसम्म १ हजार ३० शव व्यवस्थापन गरिएको छ भने १ हजार २६० मृतकको डीएनए संकलन गरिएको छ। मृतकका ९७२ आफन्तको पनि डीएनए संकलन गरिएको प्रहरीले जनाएको छ।
बाढी तथा पहिरोमा अझै ४ हजार ८९८ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ।












प्रतिक्रिया