देश विदेशबाट बाढी पीडितलाई सहयोगको लहर नेपालमा


काठमाडौं ।

रसुवाको भोटेकोशीमा आएको अकल्पनीय र बिनासकारी बाढीबाट ज्यान गुमाउने, बेपत्ता भएका र पीडितहरुप्रति श्रद्धा सहानुभूति र सहायताको ओहिरो लागेको छ । देशभित्र मात्र हैन देशबाहिर संसार भर नेपाल र नेपालीप्रति सहानुभूति प्रकट गर्दै सहयोगका हात अगाडि बढाईएका छन । यस्तै केही संस्थाले भर्जिनियाको स्टेर्लिंगमा विहीबार साँझ १० हजार डलर सहयोग गर्ने घोषणा गरेका छन । दक्षिण एशियाली मूलका अमेरिकीहरुले सञ्चालन गरेको गैर नाफामुलक संस्था “बिदेश फ़ाउण्डेशन र नेपाली संस्था ग्लोबल फेमिली फाउंडेशनले संयुक्त रुपमा आयोजना गरेको एक कार्यक्रममा उक्त घोषणा गरिएको थियो ।

बिदेश फाउंडेशनका अधिकारीहरुले आजैबाट दाताहरुबाट सहयोग रक़म संकलन गर्ने र चाँडोभन्दा चाडो नेपाल पठाउने प्रतिबद्धता जनाए । मीर अली अध्यक्ष र सहेल अहमद कार्यकारी प्रमुख रहेको B Desh नामको उक्त संस्थाले वंगलादेशका प्राकृतिक प्रकोप पीड़ित, महिला बालबालिका लगायत क्षेत्रमा काम गर्दै आएको छ । नेपाली संस्थाको तर्फबाट राजश्री श्रेष्ठले नेपालमा भएको विनाशकारी बाढीले पुर्याएको क्षतिको र त्यहाँ भइरहेको उद्वार कार्यको विस्तृत जानकारी दिनु भएको थियो ।

यो कार्यक्रमको संयोजन राजश्रीले नै गर्नु भएको थियो । सो अवसरमा ग्लोवल फेमिली फाउंडेशनका सुरेश सापकोटाले हाल बाढी पीडितलाई सहायता वितरण प्रणालीको बारेमा जानकारी दिदै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउदा फरक नपर्ने विश्वास दिलाउनु भएको थियो ।

त्यहाँ नेपाली सहभागीहरुले जनतासंग प्रत्यक्ष जोडिएका प्रभावित क्षेत्रका स्थानीय सरकारहरुसंग पनि समन्वय गरेर सहायता पीडित समक्ष पुर्याउन सकिने धारणा राखेका थिए । भोटेकोशीको विनासकारी बाढीबाट हजारौ मानिसहरुको बगाएर मृत्यु भएको, हराईरहेको अवस्था छ । निजी निबास तथा सरकारी भवन, विद्यालय र दशवटा विद्युत आयोजना पनि बाढीले नष्ट गरिदिएको छ ।