पहिरोले चौलानी नदी आंशिक थुनियो, सतर्कता अपनाउन आग्रह


काठमाडौँ ।

दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारबस्ती नजिकै पहिरो गएको छ। पहिरोका कारण चौलानी नदी आंशिक रूपमा थुनिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।

नदी थुनिएपछि अचानक पानीको बहाव बढ्न सक्ने तथा तटीय क्षेत्रमा जोखिम उत्पन्न हुन सक्ने भएकाले चौलानी नदी आसपास तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।

प्रशासनका अनुसार उक्त क्षेत्रमा अझै पनि पहिरो आउने क्रम जारी रहेको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी आसपास तथा तल्लो तटीय क्षेत्रमा रहेका नागरिकलाई सावधानी अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।