ललितपुर ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ललितपुर महानगर वडा नं १८ कमिटी सैंवुले राहत सामग्री हस्तान्तरण गरेको छ । आज एक कार्यक्रमकाबीच वडा कमिटीका अध्यक्ष पुरुषोतम थापा मगरले राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष महाराज गुरुङलाई सामाग्री हस्तान्तरण गरेका हुन् । भोटेकोशीमा आएको विनाशकारी बाढीमा मानविय र धनजनको क्षति भोग्न बाध्य मानिसका लागि उक्त सामग्री सहयोग गरेको हो ।
वडा कमिटीका अध्यक्ष थापाले मुलुकमा ठूलो विपत्ति परेको समयमा यस घटना भोगेका मानिसका लागि आफूहरुले सहयोग गर्नु एक जिम्मेवार नागरिकको कर्तव्य भएको बताए ।
राष्ट्रिय युवा संघका अध्यक्ष गुरुङले वडाबाट संकलित राहत सामग्री रसुवा बाढीको सामना गर्न बाध्य पीडित समक्ष पु¥याउने वचनवद्धता व्यक्त गरे । सहयोग सामाग्री रसुवाको बाढीपिडितलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको अध्यक्ष गुरुङले जानकारी दिए । राहत सामाग्री युवासंघको टोलीले रसुवामा पुगेर स्थानीयतहका पदाधिकारीलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

सो वडाबाट राहत सामग्री सहयोग गर्ने दातामा सहयोग नेपाल संस्थामार्फत ३० हजार, अमेरिकामा रहेका अमित गिरीले १० हजार, अमेरिकामा रहेका नारायण पौडेलले ५ हजार, हरिप्रसाद थापाले ३ हजार, आशिष बस्नेतले ५ हजार, टिच नेपाल संस्थाले १५ हजार, बा मित्र विद्यालयले १० हजार, पर्चुगलमा कार्यारत कृष्ण गुरुङले ३ हजार र रामकुमार केसीले ५ हजार प्रदान गरेका छन् ।
नगद बाहेक गणपति इन्टरपाइजेजका हरि महर्जनले बाढीपीडितका लागि पाइट र जाकेट, ओझा इन्टरपाइजेजका विशेश्वर ओझा र तछला देवी युवा क्लबले टि–सट, राधिका महर्जन र गंगा महर्जनले महिला बाढीपीडितका लागि कपडा र रिच नेपालले अन्डर गार्मेन्ट कपडा सहयोग गरेका छन् । वडा कमिटीले सहयोग प्राप्त नगदबाट सामाग्री खरिद गरेको जनाएको छ ।

राहत हस्तान्तरण कार्यक्रममा एमाले नेता बाबुराम थापा, पूर्व बागमती प्रदेश मन्त्री जीवन खड्का, प्रदेश कमिटी सदस्य एवं वडा अध्यक्ष दामोदर खड्का , वडाकमिटीका सचिव एवं वडा सदस्य निरज कुँबर, वडा कमिटीका पूर्व अध्यक्ष एवं वडा सदस्य गोपाल डंगोल, वडा सदस्य रुकमणी महर्जन, राधिका रोक्का , लगायत वडा कमिटीका पदाधिकारी र सदस्यको उपस्थिति रहेको थियो ।












प्रतिक्रिया