काठमाडौं ।
नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन( क्युपेक नेपाल )को अध्यक्षमा राजेन्द्र बिष्ट निर्वाचित भएका छन् । हालै सम्पन्न महाअधिवेशनले ३४ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । क्युपेक नेपालको उपाध्यक्षहरुमा योगेन्द्र शर्मा, मुक्तिनाथ गिरी, सोमबहादुर आलेमगर र साबित्री रोक्का निर्वाचित भएका छन् ।
कार्यसमितिको महसचिवमा किर्तिनिधि विष्ट, दुई उपमहासचिवमा कमला बुढामगर र बलादेवी राई रहेका छन् । ६ सचिवमध्ये वन तथा वातावरणमा पुन्यप्रसाद उप्रेती, आर्थिकमा हेमबहादुर श्रेष्ठ, श्रम सम्बन्धमा मिङमार गोपाल शेर्पा, सामाजिक सुरक्षामा देवकुमार राई, शिक्षा तथा प्रचारमा तिर्थराज मगर, महिला कमिटिमा शोभा ढकाल खतिवडा निर्वाचित भएका छन् । कार्यसमितिमा विभिन्न क्षेत्र र प्रदेश गरी २० जना निर्वाचित भएका छन् ।












प्रतिक्रिया