अवैध कुखुरा तस्करी र मासुको मूल्य नियन्त्रणको माग गर्दै रौतहटमा आमरण अनशन

0
Shares

रौतहट ।

अवैध कुखुरा तथा चल्ला तस्करी नियन्त्रण र बजारमा मासुको मूल्यमा भइरहेको वृद्धि रोक्नुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि एकजना किसान आमरण अनशन बसेका छन । जिल्ला कुखुरा व्यवसायी किसान संघका सचिव राधेश्याम साहले पटक–पटक स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित सरकारी कार्यालयमा लिखित तथा मौखिक रूपमा समस्या समाधानका लागि आग्रह गरे पनि सुनुवाइ नभएको भन्दै शुक्रबारदेखि आफै आमरण अनसन बसेका हुन्।

प्रहरी प्रशासनकै संरक्षणमा भारत हुँदै खुल्ला सीमा वाट दैनिक रूपमा भित्रिने कुखुरा र चल्लाको अवैध तस्करीका कारण स्वदेशी किसानको लगानी डुब्ने अवस्था आएको संघले जनाएको छ। त्यस्तै, स्थानीय बजारमा बिचौलिया तथा केही गैरजिम्मेवार व्यवसायीका कारण मासुको मूल्यमा चरम अनियमितता र कालोबजारी भइरहेको आरोप संघले लगाएको छ।

संघले अवैध रूपमा भित्रिने भारतीय कुखुरा, चल्ला तथा मासुको तस्करी पूर्ण रूपमा रोक्न, दोषीमाथि कडा कानुनी कारबाही गर्न र स्थानीय बजारमा मासुको मूल्य निर्धारण गरी कार्यान्वयन गर्न माग गर्दै जिल्ला कुखुरा व्यवसायी किसान संघ रौतहटले पटकपटक गरेको आग्रहलाई प्रहरी प्रशासनले व्यवस्था गरेको भन्दै सचिव साहले आमरण अनसन मार्फत आन्दोलन सुरु गरेका हुन् त्यसैगरी, जिल्लाभित्र पर्याप्त उत्पादन र आपूर्ति हुँदाहुँदै बाहिरबाट कुखुरा आयात गर्दा स्थानीय किसान तथा बजारमा असर परेको भन्दै जिल्लाबाहिरबाट हुने कुखुरा आयात–निर्यातसम्बन्धी व्यवस्था पुनरावलोकन गर्न पनि माग गरिएको छ।