उदयपुर ।
उदयपुर प्रहरीले चौदण्डीगढी नगरपालिकास्थित बेल्टार इलाका प्रहरी कार्यालयले प्रतिबन्धित लागु औषध, संरक्षित वन्यजन्तु सालकको अखेटोपहार र मोटर साइकल सहित २ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार बिहीबार दिउसो ३.३० बजे इलाका प्रहरी कार्यालय बेल्टारले प्रतिबन्धित लागुऔषध, मोटरसाईकल र सालकको अखेटोपहार सहित दुई जना पक्राउ गरी आवश्यक कार्वाही अघि बढाइएको जनाएको छ ।
प्रहरीलाईे प्राप्त गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेल्टार, उदयपुरबाट खटिएको प्रहरी टोलीले चौदण्डीगढी नगरपालिका वडा नं. ०३ आम्साल बस्ने वर्ष २६ का सावन राईको घरबाट निज सावन राई र चौदण्डीगढी नगरपालिका वडा नं ०६ बस्ने वर्ष २७ का शुभ राईलाई Tramadol लेखिएको १४६ वटा पत्तामा रहेको १४५४ क्याप्सुल र Tramadol & Dicyclomine लेखिएको १४६ वटा पत्तामा रहेको १४५४ ट्याब्लेट, १ वटा मोटरसाईकल साथै १ थान संरक्षित वन्यजन्तु सालकको अखेटोपहार जस्तो देखिने वस्तु सहित फेला पारी पक्राउ गरी सम्मानीत उदयपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।












प्रतिक्रिया