त्रिशूली–३ ए को सुरुङबाट दुई जनाको जीवित उद्धार


काठमाडौं ।

रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ।

संयुक्त खोज तथा उद्धार टोलीले शुक्रबार बिहान सञ्जय शाह र कविर महर्जनलाई जीवितै उद्धार गरेको हो।

उद्धार गरिएका दुवै जनाको स्वास्थ्य अवस्था परीक्षण तथा उपचार भइरहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

सुरुङभित्र अझै अन्य व्यक्ति फसेको हुनसक्ने आशंकामा खोज तथा उद्धार कार्य जारी रहेको उद्धार टोलीले जनाएको छ।

उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतका संयुक्त टोली परिचालन गरिएको छ।