त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकासँग दोहोरो संवाद


नुवाकोट ।

त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धार कार्यमा महत्वपूर्ण प्रगति भएको छ।

उद्धार टोली र सुरुङभित्र फसेका व्यक्तिहरूबिच दोहोरो संवाद भएको पुष्टि भएको छ। पछिल्लो जानकारीअनुसार सुरुङभित्र एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको छ।

उद्धारमा खटिएको टोलीले सुरुङभित्र फसेकाहरूलाई नआत्तिन आग्रह गर्दै उद्धारका लागि निरन्तर प्रयास भइरहेको बताएको छ।

उद्धार टोलीले सुरुङभित्र रहेकाहरूलाई ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भन्दै ढाडस दिइरहेको छ। यस घटनाले सुरुङभित्र फसेकाहरूको अवस्थाबारे थप जानकारी प्राप्त हुनुका साथै उद्धार कार्यमा आशा बढाएको छ।