नारायणीले बगाएर ल्याएका ४१२ शवमध्ये २३ को मात्रै सनाखत

0
Shares

नवलपरासी।

नवलपरासीका पूर्व र पश्चिममा बाढीले बगाएर ल्याएका ४ सय १२ शव भेटिदा २३ शव मात्र पहिचान भई परिवारले सनाखत गरि बुझेर लगेका छन् ।
जिप्रका नवलपरासी पूर्वले दिएकाे सूचना विवरण अनुसार नारायणी नदीकाे गैडाकाेटदेखि त्रिवेणी धाम सम्म फेला परेका २ सय १७ शव मध्ये ५ महिला १२ पुरूष र १ बालक गरि १८ ओटा शवकाे सनाखत भएकाे छ ।

संकलित शव मध्ये १ सय २३ शव र ६८ मानव अङ्गकाे जमिन मुनि व्यवस्थापन र ट्याटु संकेत रहेका ८ ओटा शवलाई अस्पतालमा राखिएकाे प्रहरीले जनाएकाे छ।
त्यसै गरी नवलपरासी पश्चिमकाे सुस्ता गाउँपालिका स्थित नारायणीमा भेटिएका र भारतबाट ल्याईएका गरी हाल सम्म १ सय ९५ शव संकलन भएका छन् ।
संकलित शव मध्ये १ महिला र ४ पुरूष गरी ५ ओटा शवकाे पहिचान भई परिवार तथा आफन्तले बुझि लगेकाे जिप्रका नवलपरासी पश्चिमका सूचना अधिकारी प्रनाउ मदन थापाले बताए ।

त्यसै गरी सुनवलकाे अलकत्रा र बर्दघाटकाे चिसापानी वनमा १ सय ४५ शवकाे अस्थायी व्यवस्थापन गरिएकाे जनाईएकाे छ ।
जिप्रका नवलपरासी पश्चिमका अनुसार जिल्ला भित्र र बाहिरका विभिन्न अस्पतालमा रहेका ५० शवकाे पहिचान एवं व्यवस्थापन हुन बाँकी रहेकाे छ ।