काठमाडौँ ।
हार्दिक फिटनेस २९ औँ वार्षिकोत्सवअन्तर्गत भएको खुला पिकलबल प्रतियोगतामा सुवर्ण शाह पुरुष एकल र डबल्समा च्याम्पियन बनेका छन ।
पुल्चोकमा रहेको हार्दिक फिटनेसले पहिलो पटक आयोजना गरेको खुल्ला पिकलबलको फाइनलमा सुवर्णले प्रनव खनाललाई सजिलै ११–४, ११–१ ले हराएका हुन । त्यसैगरी, पुरुष डबलमा सुवर्ण र समीर पोखरेलको जोडीले ११–५ र ११–२ ले हराएर उपाधि जित्यो ।
पुरुष एकलमा आयुष श्रेष्ठले मनोज कुमारलाई ११–३, ५–११ र ११–८ ले हराएर तेस्रो स्थान हासिल गरे । त्यसैगरी पुरुष डबल्सअन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा कृष्ण अग्रवाल र मनोज कुमारको जोडीले रोहित चाम्लिङ र बेदकुमार तामाङको जोडीलाई १०–१२, ११–७, ११–७ ले हरायो ।
प्रत्येक इभेन्टको शीर्ष तीन स्थानमा रहने खेलाडीले जनही ३० हजार, १५ हजार र पाँच हजार रुपियाँ प्राप्त गरे । त्यसैगरी सबै विजेतालाई गिफ्ट ह्याम्परसहित हार्दिक फिटनेसको निशुल्क सदस्यता पनि प्रदान गरेका छन । नेपालमा नयाँ खेलको रुपमा रहेको पिकबलमा ३६ जनाले एकल र ४६ टिमले डबल्समा सहभागिता जनाएका थिए ।












प्रतिक्रिया