रसुवाका भन्सार अधिकृत शर्मा गोरखामा मृत फेला


काठमाडौं ।

रसुवाको टिमुरे भन्सार कार्यालयका अधिकृत नकुल शर्मा गोरखामा मृत अवस्थामा फेला परेका छन्।

रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएका शर्माको शव त्रिशूली नदीको किनार, गोरखातर्फ फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।

हुम्लाको ताजाकोट गाउँपालिका–२ का स्थानीय शर्मा थिए। पोष्टमार्टमपछि परिवारले उनको शव बुझेका छन्। गोरखातर्फ पर्ने त्रिशूली नदीको तटीय क्षेत्रमा हालसम्म ६५ जनाको शव फेला परिसकेको प्रहरीले जनाएको छ।