काठमाडौं ।
नेपालमा आएको बाढीपछि भारतको उत्तर प्रदेशस्थित कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा हालसम्म १३ वटा अज्ञात शव फेला परेका छन्।
कुशीनगर प्रशासनका अनुसार फेला परेका शवमध्ये ६ पुरुष र ७ महिला छन्। शवगृहमा ठाउँ अभाव भएपछि ७ शव गोरखपुरस्थित एम्समा पठाइएको छ भने ६ शव कुशीनगर मेडिकल कलेजमा राखिएको छ।
थप शव भेटिन सक्ने भन्दै एसडीआरएफ र एनडीआरएफका टोलीले नदीमा खोजी जारी राखेका छन्। प्रशासनले नेपालका सम्बन्धित अधिकारीसँग समन्वय गरी शवको पहिचान र कानुनी प्रक्रिया पूरा भएपछि नेपाललाई हस्तान्तरण गर्ने जनाएको छ।












प्रतिक्रिया