बाढी प्रभावितलाई अमेरिकाको ३६ लाख डलरभन्दा बढी सहायता


काठमाडौं ।

अमेरिकाले नेपालका बाढी प्रभावितका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको जीवनरक्षक मानवीय सहायता घोषणा गरेको छ।

अमेरिकी विदेश मन्त्रालयले आइतबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत विपद्को यस घडीमा अमेरिका नेपाली जनताको साथमा रहेको जनाएको हो।

घोषित सहयोगअन्तर्गत बाढी प्रभावित १० हजार घरपरिवारलाई तीन महिनासम्मका लागि आपत्कालीन खाद्यान्न उपलब्ध गराइनेछ। मन्त्रालयले अमेरिकी नागरिकहरूको सुरक्षा आफ्नो सर्वोच्च प्राथमिकता रहेको पनि जनाएको छ।