काठमाडौं ।
भोटेकोशी बाढीमा फसेकाको उद्धार तथा राहतका लागि प्रधानमन्त्री राहत कोषमा ५ अर्ब ४ करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ जम्मा भएको छ।
प्रधानमन्त्री बालेन शाहका अनुसार ९ वटा वाणिज्य बैंकका खातामा उक्त रकम जम्मा भएको हो। यस्तै, हिमालयन र लक्ष्मी बैंकमा थप १८ लाख ८ हजार १८९ अमेरिकी डलर सहयोग प्राप्त भएको छ।
प्रधानमन्त्री शाहले विपद्का बेला प्राप्त सहयोगको पारदर्शी उपयोग तथा वित्तीय ठगीबाट बच्न सरकारले सार्वजनिक गरेको आधिकारिक क्यूआर कोड र ‘प्रधानमन्त्री दैवी प्रकोप कोष’ तथा प्रधानमन्त्री कोषको खातामार्फत मात्र सहयोग गर्न आग्रह गरेका छन्।











प्रतिक्रिया