काठमाडौं ।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६, मुलपानी पिपलबोट चोकमा दैनिक उपभोग्य सामग्रीसहितको ‘किनमेल मार्ट’ सञ्चालनमा आएको छ।




एकै छानामुनि सुपथ मूल्यमा दैनिक उपभोग्य तथा आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले करिब ३ करोड रुपैयाँको लगानीमा मार्ट सञ्चालनमा ल्याइएको हो।
मार्टका सञ्चालक फणिन्द्रराज न्यौपानेले स्थानीयवासीलाई गुणस्तरीय सामान खरिदका लागि टाढा जानुपर्ने बाध्यता अन्त्य गर्न मार्ट सञ्चालन गरिएको बताउनुभयो। बिग मार्टको अवधारणामा सञ्चालन गरिएको मार्टले स्थानीय उत्पादनलाई समेत बजार उपलब्ध गराउने लक्ष्य राखेको उहाँको भनाइ छ।








मार्ट सञ्चालनमा आएपछि स्थानीयस्तरमै एकै ठाउँमा आवश्यक सामग्री उपलब्ध हुन थालेकाले किनमेलमा सहजता भएको उपभोक्ताहरूले बताएका छन्।
मार्टबाट १० जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्। सञ्चालनको अवसरमा एक सातासम्म विशेष ओपनिङ कार्यक्रम राखिएको छ भने उपभोक्ताको खरिदका आधारमा विभिन्न छुटको समेत व्यवस्था गरिएको सञ्चालकले जनाएको छ।











प्रतिक्रिया