रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो


काठमाडौं ।

रसुवा बाढीमा परी मृत्यु हुनेको संख्या ६२६ पुगेको छ। नेपाल प्रहरीले शनिबार दिउँसो २ः५० बजे सार्वजनिक गरेको विवरणअनुसार विभिन्न जिल्लामा ६२६ जनाको शव फेला परेको हो।

प्रहरीका अनुसार चितवनमा सबैभन्दा बढी २३३, नवलपरासी पूर्वमा १५८, गोरखामा ५४, धादिङमा ४९, नवलपरासी पश्चिममा ४७, नुवाकोटमा ४१, तनहुँमा ३१ र रसुवामा १३ जनाको शव फेला परेको छ।

बाढी तथा विपद्मा परी अलपत्र परेका २ हजार ३०१ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।