काठमाडौं ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा उद्धार कार्य तीव्र पारिएको छ। बाढी प्रभावित तथा घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याएर उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार घाइतेहरूको उपचार नेपाल मेडिकल कलेज, वीरेन्द्र सैनिक अस्पताल, टिचिङ अस्पताल, मनमोहन अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, ग्रिनसिटी, वीर, नर्भिक, मनमैजु शुभम्, ग्राण्डी, हेम्स, प्रसूती गृह र एपीएफ अस्पतालमा भइरहेको छ।
यसैबीच, त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेकाको उद्धारका लागि उत्खनन जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार अहिलेसम्म २० फिटभन्दा बढी उत्खनन भइसकेको छ। कामको प्रगति राम्रो रहेकाले दिउँसो २ बजेसम्म सुरुङको मुखसम्म पुग्ने अनुमान गरिएको छ।
बाढीका कारण पुरिएका तथा बगाएका अन्य जलविद्युत् आयोजना र प्रभावित क्षेत्रमा पनि उद्धार कार्य जारी रहेको छ। उद्धार तथा प्राविधिक सहयोगका लागि चीनबाट सुरुङसम्बन्धी विज्ञहरूको दुई टोली नेपाल आउँदै छन्।












प्रतिक्रिया