काठमाडौं ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा शनिबार मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले खोज तथा उद्धार कार्य प्रभावित हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।
महाशाखाका अनुसार आज देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रसहित केही स्थानमा भारी तथा राति एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।











प्रतिक्रिया