काठमाडौँ ।
देशका विभिन्न भागमा शनिबार बिहानैदेखि वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो एक घण्टामा सिन्धुपाल्चोकको दुवाचौरमा सबैभन्दा धेरै १९.६ मिलिमिटर वर्षा मापन भएको छ।
हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। ती क्षेत्र तथा आसपासमा थप वर्षाको सम्भावना रहेकाले वर्षाका कारण हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै विभागले आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।











प्रतिक्रिया