तीन दिनदेखि अवरुद्ध पृथ्वी राजमार्ग


काठमाडौं ।

काठमाडौं–मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत पृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध छ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण धादिङका विभिन्न स्थानमा लेदो थुप्रिएपछि सडक अवरुद्ध भएको हो।

गजुरी गाउँपालिका–५ को गलौदी र बाहुनी भीर तथा गल्छी गाउँपालिकाको महेश दोभानमा थुप्रिएको लेदो हटाउने काम भइरहेको ट्राफिक प्रहरीले जनाएको छ। बस्ती क्षेत्रमा थुप्रिएको लेदो उठाएर अन्यत्र व्यवस्थापन गर्नुपर्ने भएकाले सडक खुलाउन समय लागेको प्रहरीले जनाएको छ।

बाहुनी भीरमा भने लेदो हटाउन आवश्यक उपकरण पुग्न बाँकी छ। प्रहरीले शुक्रबार दिनभरमै सडक सञ्चालनमा ल्याउने गरी काम भइरहेको जनाएको छ।