विभिन्न स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा


काठमाडौँ । 

देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्यतया बदली रहनेछ भने हिमाली, पहाडी तथा तराईका विभिन्न स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। विशेषगरी कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभाग र लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ।

आज रातिसमेत देशभर सामान्यतया बदली रही विभिन्न प्रदेशका हिमाली, पहाडी तथा तराई भूभागमा चट्याङसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।