काठमाडौं ।
भोटेकोशीमा आएको बाढीबाट ठूलो क्षति भएपछि प्रमुख राजनीतिक दलहरूले उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल गरेका छन्।
बिहीबार बिहान बसेको सर्वदलीय बैठकले १० बुँदे साझा संकल्प गर्दै संयुक्त राष्ट्रसंघ, विकास साझेदार, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, मित्रराष्ट्र तथा प्रवासी नेपाली समुदायलाई मानवीय, प्राविधिक र आर्थिक सहयोग उपलब्ध गराउन अपिल गरेको हो।
साझा अपिलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, नेकपा एमालेका महासचिव शंकर पोखरेललगायत विभिन्न दलका शीर्ष नेताहरूले हस्ताक्षर गरेका छन्।














प्रतिक्रिया