काठमाडौं ।
नेपाली कांग्रेसका सभापति गगन थापाले विपत्तिको समयमा सरकारसँग उपलब्ध स्रोतसाधन मात्र पर्याप्त नहुने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकपछि पत्रकारसँग कुरा गर्दै थापाले सरकारलाई सहयोग गर्न आफूहरू तयार रहेको बताए।
गृहमन्त्री सुधन गुरुङले सडक सफाइलगायतका काममा जनशक्ति अभाव भएकाले राजनीतिक दलबाट सहयोगको अपेक्षा राखेको थापाले जानकारी दिए। त्यसका लागि कांग्रेसले आफ्नो पार्टी संरचना परिचालन गर्ने उनले बताए।
विपत्तिपछि केही समयमै त्यसलाई बिर्सने प्रवृत्ति दोहोरिन नदिन सरकारको ध्यानाकर्षण गराइएको थापाले बताए। उनले संसद्भित्र सर्वदलीय संयन्त्र गठन गरी विपद् व्यवस्थापनमा निरन्तर काम गर्न सकिनेबारे पनि छलफल भएको जानकारी दिए।
जलवायु परिवर्तनका कारण बढ्दै गएको प्रभावबारे समेत गम्भीर छलफल आवश्यक रहेको थापाको भनाइ छ।














प्रतिक्रिया