काठमाडौं ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्राकृतिक विपद्को सामना गर्न सरकारसँग स्रोत र साधनको कुनै अभाव नहुने बताएका छन्।
बिहीबार सिंहदरबारमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँगको बैठकपछि उनले तत्काल उद्धार तथा राहतसँगै दीर्घकालीन पुनर्निर्माणका लागि आन्तरिक र बाह्य स्रोतबाट बजेट सुनिश्चित भइसकेको जानकारी दिए।
वाग्लेका अनुसार विश्व बैंकसँगको समन्वयमा करिब २५ अर्ब रुपैयाँ बराबरको सहायता सुनिश्चित भएको छ भने चीन, भारत, जापान, एसियाली विकास बैंक (एडीबी) र रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी) बाट समेत सहयोगको प्रतिबद्धता प्राप्त भएको छ।
चालु आर्थिक वर्षको बजेटमा विपद् व्यवस्थापनका लागि १० अर्ब रुपैयाँ विनियोजन गरिएको छ। यस्तै, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ अर्ब ३४ करोड र गृह मन्त्रालयको कोषमा १ अर्ब १७ करोड रुपैयाँ रहेको उनले बताए।
अर्थमन्त्री वाग्लेले २०७२ सालको भूकम्पपछिको पुनर्निर्माणको अनुभवका आधारमा वैज्ञानिक तथ्य र अध्ययनमा आधारित पुनर्निर्माणको महाअभियान सञ्चालन गरिने बताए। राष्ट्रिय संकटको समयमा सरकार, राजनीतिक दल, नागरिक समाज र निजी क्षेत्र एकजुट भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए।














प्रतिक्रिया