काठमाडौं ।
रसुवामा आएको विनाशकारी बाढीपछि नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ। पछिल्लो विवरणअनुसार २० विदेशी नागरिकसहित १२५ जनाको हवाई उद्धार गरिएको छ।
नेपाली सेनाका हेलिकप्टरमार्फत २०८३ भदौ ११ गते बिहानदेखि टिमुरे तथा मैलुङ क्षेत्रबाट प्रभावित तथा जोखिममा परेका १२५ जनालाई सुरक्षित स्थानमा सारिएको सेनाले जनाएको छ।
यसैबीच, त्रिशूलीस्थित नेपाली सेनाको विशेषज्ञ चिकित्सक अधिकृतसहितको आपत्कालीन उपचार केन्द्रमा ६४ जना घाइतेलाई स्वास्थ्य सेवा प्रदान गरिएको छ।
सेनाका अनुसार प्रभावितहरूको जमिन तथा हवाई उद्धार, आपत्कालीन उपचार र राहत सामग्री वितरण कार्य सम्बन्धित निकायसँगको समन्वयमा निरन्तर भइरहेको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सुरक्षा निकाय र सम्बन्धित निकायहरूबीच समन्वय भइरहेको जनाइएको छ।














प्रतिक्रिया