काठमाडौं ।
रसुवामा आएको बाढीमा परी ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार बेपत्ता हुनेमा नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरी बलका १३ जना छन्।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि चार हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाली सेनाका मात्रै दुई हजार ३५५ जना उद्धार कार्यमा खटिएका छन्।
सञ्चार सम्पर्क विच्छेद भएका क्षेत्रमा हेलिकोप्टरमार्फत राहत सामग्री, स्वास्थ्य तथा सञ्चार उपकरण पठाउने काम भइरहेको छ। नेपाली सेनाको एमआई हेलिकोप्टर धुन्चेतर्फ पठाउने तयारी गरिएको केन्द्रका प्रमुख फणिन्द्रप्रसाद पौडेलले जानकारी दिए।
बाढी प्रभावित क्षेत्रमा राहत सामग्री र थप जनशक्ति त्रिशूली मार्ग हुँदै पठाउने क्रम जारी रहेको छ। सरकारले २४ सै घण्टा उद्धार तथा राहत कार्यलाई प्राथमिकतामा राखेको जनाएको छ।














प्रतिक्रिया