काठमाडौं ।
भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि ५७९ पर्यटक सम्पर्कविहीन भएका छन्। पछिल्लो विवरणअनुसार सम्पर्कविहीन पर्यटकमध्ये ११३ जना नेपाली र ४६६ जना विदेशी रहेका छन्। बाढीपछि विभिन्न सुरक्षा निकायका गरी कूल ८२६ जना सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ।
सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २८, नेपाली सेनाका ४४ र सशस्त्र प्रहरी बलका १३ जना रहेका छन्। बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तथा उद्धार टोलीले खोज तथा उद्धार कार्यलाई तीव्रता दिएका छन्।
सम्पर्कविहीन पर्यटक तथा सुरक्षाकर्मीको अवस्थाबारे थप विवरण संकलन भइरहेको जनाइएको छ। पछिल्लो विवरणअनुसार उद्धार तथा खोजी कार्य जारी रहेकाले सम्पर्कविहीनको संख्या थपघट हुन सक्ने अधिकारीहरूले बताएका छन्।














प्रतिक्रिया