बाढी प्रभावित विदुर निरीक्षण गर्न प्रधानमन्त्री शाह प्रस्थान


काठमाडौं ।

प्रधानमन्त्री बालेन शाह आज बिहान बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ स्थलगत निरीक्षणका लागि प्रस्थान गरेका छन्।

प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल पनि सहभागी छन्। उनीहरू बिहान साढे ९ बजे सडकमार्ग हुँदै विदुरतर्फ गएका हुन्।

बुधबार रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो। बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न प्रधानमन्त्री शाह स्थलगत निरीक्षणमा निस्किएका हुन्।