विपद्मा सरकारसँगै रहने दलहरूको प्रतिबद्धता


काठमाडौँ । 

सिंहदरबारमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ।

रास्वपाको संसदीय दलको कार्यालयमा जारी बैठकमा कांग्रेस सभापति गगन थापा, एमाले महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलगायत प्रमुख दलका नेताहरू सहभागी छन्।

बैठकमा तिब्बततर्फबाट आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा भएको जनधनको क्षति, उद्धार, राहत तथा पुनर्स्थापनाबारे छलफल भइरहेको छ। भोटेकोशी र त्रिशूली नदी आसपासका बस्तीमा ठूलो क्षति पुगेपछि खोज तथा उद्धार कार्य जारी छ।

दलहरूले विपद्को अवस्थामा सरकारसँग सहकार्य गर्दै उद्धार, राहत र पुनर्स्थापनामा साथ दिने तथा आगामी दिनमा सम्भावित विपद् न्यूनीकरणका लागि पूर्वतयारी र दीर्घकालीन नीति बनाउन सरकारसँगै रहने प्रतिबद्धता जनाएका छन्।

Skip This