रसुवा ।
रसुवाको रसुवागढी प्रहरी चौकीमा कार्यरत रुकुमपूर्वका २३ वर्षीय प्रहरी जवान मिलन श्रेष्ठ बुधबार आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका छन्।
भूमे गाउँपालिका–३ झुम्लाबाङका श्रेष्ठ करिब एक वर्षदेखि रसुवागढी प्रहरी चौकीमा कार्यरत थिए। बाढी आउनुअघिसम्म उनी चौकीमै ड्युटीमा रहेको परिवारले जनाएको छ।
बाढीपछि परिवारले पटक–पटक फोन सम्पर्कको प्रयास गरे पनि श्रेष्ठसँग सम्पर्क हुन सकेको छैन। उनकी भाउजू अनिता बुढामगरका अनुसार फोनसमेत नलागेपछि परिवार चिन्तित बनेको छ। श्रेष्ठको अवस्था अझै अज्ञात रहेको छ।














प्रतिक्रिया