काठमाडौं ।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले नेपालको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीलाई ‘अत्यन्त विनाशकारी’ भन्दै गहिरो दुःख व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै कार्नीले बाढी प्रभावित, प्रियजन गुमाएका तथा बेपत्ता आफन्तको पर्खाइमा रहेका परिवारप्रति क्यानडाली नागरिकका तर्फबाट गहिरो समवेदना व्यक्त गरेका हुन्।
उनले संकटको यस घडीमा क्यानडाली जनता नेपालीहरूको साथमा रहेको बताउँदै विपद् व्यवस्थापन तथा राहतका लागि आवश्यक सहयोग उपलब्ध गराउन क्यानडा तयार रहेको स्पष्ट पारेका छन्।
क्यानडाली सरकारले नेपालको बाढीपछिको अवस्थालाई नजिकबाट नियालिरहेको जनाउँदै उनले प्रभावित क्षेत्रमा रहेका क्यानडाली नागरिकलाई ‘रोका’ (Registration of Canadians Abroad) प्रणालीमा तत्काल आफ्नो विवरण दर्ता गर्न आग्रह गरेका छन्।
नेपालमा खोजी तथा उद्धार कार्य जारी रहेकाले आवश्यक सहयोगका लागि क्यानडा पूर्ण रूपमा तयार रहेको प्रधानमन्त्री कार्नीले बताएका छन्।














प्रतिक्रिया