रसुवामा बाढी प्रभावितका लागि ८ टन राहत सामग्री पठाइयो


काठमाडौं । 

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाका आठ वटा ट्रकमार्फत करिब आठ टन राहत सामग्री पठाइएको छ।

बाढी प्रभावित नागरिकलाई तत्काल राहत तथा मानवीय सहायता उपलब्ध गराउने उद्देश्यले सेनाका ट्रकमार्फत राहत सामग्री गएराति नै प्रभावित क्षेत्रतर्फ पठाइएको हो।

प्रभावित क्षेत्रमा ५०० थान मच्छरदानी, एक हजार बालबालिकाका डिग्निटी किट, २२० थान स्लिपिङ ब्याग, ५०० थान कम्बल, १० थान प्लास्टिक सिट, १०० थान त्रिपाल, ५०० थान सोलार बत्ती, ५०० थान सोलार प्लेट तथा ३० केभिए क्षमताको एक थान जेनेरेटरलगायत सामग्री पठाइएको छ।

बाढीबाट जनजीवन प्रभावित भइरहेका बेला गृहमन्त्री सुधन गुरुङको प्रत्यक्ष निगरानीमा राहत सामग्री व्यवस्थापन तथा ढुवानी गरिएको जनाइएको छ। सरकारले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाका कामलाई तीव्रता दिइरहेको जनाएको छ।

Skip This