नवलपरासी।
त्रिशूली नदीमा आकस्मिक रूपमा आएको बाढीले पूर्वी नवलपरासीकाे तटीय क्षेत्रमा पार्न सक्ने हानी नोक्सानीबाट बच्न जिल्लामा सुरक्षा सतर्कता अपनाइएको छ ।
जिल्लाकाे झण्डै १ सय किलाेमिटर नारायणी नदीको तटीय क्षेत्र पर्ने भएकाेले बाढीबाट धनजनकाे क्षति हुन नदिन सचेतना स्वरूप माईकिङ गर्ने काम स्थानीय तह हरूकाे समन्वयमा भई रहेको छ ।
यसै सम्बन्धमा नवलपरासी पूर्वकाका प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले बाढीको उच्च जाेखिमका क्षेत्र गाैडाकाेट,देवचुली,कावासाेती,मध्यविन्द तथा विनयीका केही बस्तीका मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको बताए ।
त्यसैगरि जिल्लाका सबै सुरक्षा अंगहरूकाे संयुक्त टाेलीलाई परिचालान गर्दै नदी किनारमा कसैलाई पनि नजान सचेत गराउदै पूर्ण सुरक्षा सतर्कता अपनाइएको उपाध्यायले बताए ।
बाढीको बेग मुग्लिङ तल आएपछि यसकाे अवस्था अध्ययन गर्दै सबैकाे समन्वयमा सुरक्षा, सतर्कता र बचाउका थप कार्ययाेजना अघि बढाईने प्रजिअ उपाध्यायकाे भनाई छ ।
त्यसैगरि जिल्ला प्रहरी प्रमुख युवराज खड्काले सशस्त्र तथा जनपद प्रहरीहरू तटीय क्षेत्रका गैडाकाेट, अमलटारी,सेहरी जस्ता यस अघि बाढीको अति प्रभावित मानिने क्षेत्रमा तैनाथी अवस्थामा रहेको र पश्चिमबाट काठमाडौं तर्फ जाने सवारी साधनहरूलाई जिल्लामा हल्ट गरी राखिएकाे बताए ।
स्थानीयहरू त्रिशूलीको बाढी र यसकाे जाेखिम प्रति सजग हुँदै रहे पनि कति पयले नारायणी नदीको तटीय क्षेत्र चितवन र नवलपुरमा समतल क्षेत्र रहेको हुँदा बाढीले ठूलाे जाेखिम नपार्ने बताउँछन् ।
विशेष गरी बर्षादमा कालीगण्डकी,त्रिसुलीका पहाडी जलाधार क्षेत्र तथा तराईको महाभारत पहाड लगायत स्थानीय खहरे खाेला समेत बढेका बेला जिल्लाका विभिन्न स्थानमा डुवान तथा बाढीको प्रभाव देखिने हुँदा त्रिशूली जतिनै बढे पनि यसकाे खासै असर नहुने स्थानीयहरू बताउँछन् ।
बताइए अनुसार दिउसाे १ बजे आस देवघाट स्थित जलमापन केन्द्रमा नारायणी नदीको बहाव ४ दशमलव ७६ मिटर रहेको छ भने खतराकाे तह ८ मिटर भन्दा माथि हाे ।














प्रतिक्रिया