काठमाडौं ।
प्रधानमन्त्री बालेन्द्र शाहले विपद्को सामना गर्न सबै पक्ष एकजुट भएर उद्धार, खोज तथा राहतमा खटिन आग्रह गरेका छन् ।
रसुवामा गएको बाढीबारे छलफल गर्न प्रधानमन्त्री शाहले बोलाएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा नेपाली सेनाका उपरथी अनुमजंग थापाले उद्धार कार्यबारे जानकारी गराएका थिए ।
बैठकमा विपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले विपद्को समयमा सरकारले देखाएको तदारुकताप्रति धन्यवाद दिँदै उद्धार तथा राहतमा कुनै कमी हुन नदिन आग्रह गरे ।
प्रधानमन्त्री शाहले बाढीबाट प्रभावित तथा क्षतिग्रस्त क्षेत्रमा आ–आफ्नो ठाउँबाट सक्रिय भई नागरिकको उद्धार, खोज तथा राहत कार्यमा जुट्न सबैलाई अनुरोध गरेका छन् ।














प्रतिक्रिया