काठमाडौं ।
राष्ट्रिय ट्रमा सेन्टरले रसुवाका बाढी प्रभावित क्षेत्रमा ७ जना चिकित्सकलाई औषधिसहित पठाएको छ।
सेन्टरका प्रमुख डा. रुद्र मरासिनीका अनुसार आकस्मिक उपचारका लागि चिकित्सक टोली बाढी प्रभावित क्षेत्रमा पठाइएको हो। सेन्टरले अस्पतालमा समेत आवश्यक तयारी अवस्थामा राखेको उनले बताए।
‘अहिले केही औषधिसहित आकस्मिक रूपमा बाढी प्रभावित ठाउँमा पठाएका छौं,’ डा. मरासिनीले भने, ‘अस्पतालमा पनि तयारी अवस्थामा बसेका छौं।’














प्रतिक्रिया