काठमाडौं ।
रसुवाबाट आएको बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगाएको छ। पृथ्वी राजमार्गबाट धादिङ सदरमुकाम जोड्ने त्रिशूली नदीमाथिको पुल बाढीले बगाएको हो।
गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठका अनुसार बाढीका कारण क्षेत्रमा केही मानिस फसेका छन्। राजमार्गका विभिन्न स्थानमा पानीको सतह पुगिसकेको भन्दै उनले यात्रा जोखिमपूर्ण रहेको बताएका छन्।
उनका अनुसार धादिङ क्षेत्रमा पानीको बहाव निरन्तर बढिरहेको छ। बाढीका कारण राजमार्ग तथा स्थानीय आवागमनमा थप समस्या उत्पन्न भएको छ।














प्रतिक्रिया