रसुवा बाढीपछि प्रतिनिधिसभा बैठक छोट्याउने तयारी


काठमाडौं ।

रसुवामा आएको बाढीका कारण बुधबार बस्ने प्रतिनिधिसभाको बैठक छोट्याउने तयारी गरिएको छ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरलगायतका कार्यसूची तय भए पनि ती कार्यक्रम स्थगित गरी आकस्मिक समय मात्रै राख्ने विषयमा छलफल भइरहेको छ।

संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार बैठक संक्षिप्त रूपमा सञ्चालन गर्ने विषयमा छलफल भइरहेको छ। बाढीबाट भएको क्षतिलाई ध्यानमा राख्दै नियमित कार्यसूची अगाडि नबढाउने तयारी गरिएको हो।

Skip This