काठमाडौं ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विपद्को समयमा नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो दायित्व भएको बताएका छन्। उनले रसुवा बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई युद्धस्तरमा अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
डा. कोइरालाले संकटमा परेका नागरिकको उद्धारमा नेपाली कांग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्तालाई तत्काल जुट्न आग्रह गरेका छन्। साथै, बाढीको बहाव थप बढ्न सक्ने सम्भावना रहेकाले तल्लो तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा रहन अपिल गरेका छन्।














प्रतिक्रिया