रसुवागढी भन्सारमा बाढीको वितण्डा, संरचना र सबै सवारी बगायो


काठमाडौं ।

तिब्बतबाट आएको अप्रत्याशित बाढीले रसुवागढी भन्सार कार्यालयको संरचनामा पूर्ण क्षति पुर्‍याएको छ। बाढीका कारण भन्सार यार्डमा रहेका सबै सवारी साधनसमेत बगेका छन्।

अर्थ मन्त्रालयका अनुसार भन्सारमा कार्यरत कर्मचारीसँग सम्पर्क गर्ने प्रयास भइरहेको छ। बाढीबाट जोगिन क्रममा धेरै कर्मचारीले मोबाइल फोन तथा अन्य सामान छाडेर भागेका कारण क्षतिको पूर्ण विवरण संकलन गर्न समय लाग्ने अर्थमन्त्रीको सचिवालयले जनाएको छ।

रसुवागढी भन्सारमा कुल ३६ जनाको दरबन्दी रहेकोमा दुई जना कर्मचारी बिदामा थिए। घटनापछि बाँकी कर्मचारीको अवस्थाबारे जानकारी संकलन भइरहेको सचिवालयले जनाएको छ।

Skip This