नुवाकोट ।
नुवाकोटस्थित खम्पाक्याम्प केन्द्रीय कारागार पनि बाढीको डुबानमा परेको छ।
लगातारको वर्षा तथा आसपासका क्षेत्रमा आएको बाढीका कारण कारागार परिसरमा पानी पसेको हो। डुबानका कारण कारागारभित्र रहेका कैदीबन्दी तथा सुरक्षाकर्मीको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ।
सम्बन्धित सुरक्षा निकाय तथा विपद् व्यवस्थापन टोलीले अवस्था अनुगमन गरिरहेको जनाइएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै कैदीबन्दीको सुरक्षा तथा उद्धारका लागि आवश्यक तयारी भइरहेको बताइएको छ।
बाढी र डुबानबाट नुवाकोटका विभिन्न क्षेत्रमा क्षति पुगेको प्रारम्भिक विवरणहरू आइरहेका छन्। क्षतिको पूर्ण विवरण संकलन भइरहेको छ।














प्रतिक्रिया