काठमाडौं ।
रसुवामा आएको अचानकको बाढीका कारण बोर्डर आउट पोस्ट (बीओपी) मा खटिएका ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन्।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सम्पर्कविहीन प्रहरीसँग सम्पर्क गर्ने प्रयास भइरहे पनि अहिलेसम्म सम्पर्क हुन सकेको छैन।
बाढीका कारण रसुवामा ठूलो क्षति भएको जनाइएको छ। उद्धार तथा खोजीका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ भने घटनाको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।














प्रतिक्रिया