काठमाडौं ।
भोटेकोशी बाढी प्रभावितको उद्धार तथा तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न प्रधानमन्त्री बालेन शाहले आपत्कालीन बैठक बोलाएका छन्।
राष्ट्रिय विपद् प्राधिकरणका पदाधिकारी तथा सुरक्षा निकायका प्रमुखहरू सहभागी हुने बैठकमा उद्धार, राहत र सुरक्षा व्यवस्थाबारे आवश्यक कदम चालिनेछ।
प्रधानमन्त्री शाहले बाढी प्रभावितको तत्काल उद्धार गर्न तथा तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।














प्रतिक्रिया