काठमाडौं ।
नेपाली सेनाका दुई वटा हेलिकप्टर बाढी प्रभावित क्षेत्र रसुवातर्फ उडेका छन्।
नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार उद्धार तथा राहतका लागि दुई हेलिकप्टर रसुवातर्फ पठाइएको हो। थप एउटा हेलिकप्टर पनि पठाउने तयारी भइरहेको उनले बताए।
यसैगरी, स्थलमार्गबाट समेत नेपाली सेनाको टोली घटनास्थलतर्फ परिचालन गरिएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको सेनाले जनाएको छ।














प्रतिक्रिया