स्याङ्जा ।
इस्लाम धर्मका संस्थापक तथा प्रवर्तक हजरत मोहम्मदको १५०१औँ जन्मदिनका अवसरमा स्याङ्जाका चार स्थानीय तहले आज बुधबार सार्वजनिक बिदा दिएका छन्।
जिल्लाका ११ स्थानीय तहमध्ये पुतलीबजार, भीरकोट, वालिङ र गल्याङ नगरपालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेका हुन्। नगरपालिकाहरूले जन्मदिनको अवसरमा स्थानीय तहअन्तर्गतका कार्यालय तथा सार्वजनिक सेवामा बिदा लागू हुने जनाएका छन्।














प्रतिक्रिया