काठमाडौँ ।
संसद्मा कालो चस्मा लगाउन रोक लगाइए पनि प्रधानमन्त्री बालेन शाहका हकमा भने स्वास्थ्य परीक्षणको रिपोर्टपछि लागू नहुने भएको छ । दिनमा खुला आ“खाले हेर्दा समस्या हुने अस्पतालको रिपोर्टको आधारमा प्रधानमन्त्री शाह बुधवार प्रतिनिधिसभामा कालो चस्मासहित सांसदहरूको प्रत्यक्ष सवाल–जवाफमा सहभागी हुनुहुने ब्ुझिएको छ ।
प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन शाहसँगै केही मन्त्री र सांसदहरू पनि कालो चस्मा लगाएर संसद् आउने गरेको विषयमा सांसद्ले प्रश्न उठाउ“दै आएका थिए । गृहमन्त्री सुधन गुरुङ, भौतिक पूर्वाधार मन्त्री सुनील लम्सालसहित केही सांसदहरू कालो चस्मा लगाएर संसद्मा सहभागी हु“दै आएका थिए ।
यस पृष्ठभूमिमा गत श्रावण २१ गते बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख डोलप्रसाद अर्याल (डीपी) अर्यालले अबदेखि कालो चस्मा लगाएर बैठकमा उपस्थित हुन नपाइने बताउनुभएको थियो । बैठकमा सभामुख अर्यालले संसद्को गरिमा र मर्यादा कायम राख्न सांसदहरूले कालो चस्मा नलगाउनुपर्ने धारणा राख्दै प्रमुख सचेतक र सचेतकमार्फत सबै सांसदलाई जानकारी गराउन आग्रह गर्नुभएको थियो ।
सभामुख अर्यालले स्वास्थ्यसम्बन्धी कारण भएमा बाहेक कालो चस्मा लगाउन नपाउने भनी भन्नुभएको भोलिपल्ट नै प्रधानमन्त्री शाहले आ“खाको परीक्षण गराउनुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । अस्पतालले खुल्ला आ“खाले हेर्दा समस्या देखिएको भन्दै कालो चस्मा प्रयोग गर्नुपर्ने उल्लेख गरेको प्रतिवेदन श्रावण २६ गते संसद् सचिवालयमा पठाइएको संसद् सचिवालयका सहसचिव एकाराम गिरीले जानकारी दिनुभयो ।
प्रधानमन्त्री शाहलाई आज ११ सांसदले प्रश्न सोध्नेछन् । सभामुख अर्यालले प्रधानमन्त्रीलाई प्रश्न सोध्न चाहने सांसद्हरूलाई प्रश्न दर्र्ता गर्न भदौ ५ गतेसम्मको समय दिनुभएको थियो । संसद् सचिवालयका अनुसार सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू समीक्षा बाँस्कोटा, कृष्णहरि बुढाथोकी र अमरेशकुमार सिंह, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापा, सांसद गीता गुरुङले प्रश्न सोध्नुहुनेछ ।
त्यसैगरी नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महर, सांसद गणेश सिंह ठगुन्ना,नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुन, प्रमेशकुमार हमाल, श्रम संस्कृति पार्टी संसदीय दल नेता हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक खुश्बु ओलीले प्रश्न सोध्नका लागि नाम दर्ता गराउनुभएको थियो ।
यसअघि भदौ १ गतेको प्रतिनिधिसभाको बैठकमा सभामुख अर्यालले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि समय तोक्नुभएको थियो ।प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमसम्बन्धी व्यवस्था छ । प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको पहिलो साताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्नेछ ।
नियमावलीको दफा ५७ मा प्रत्यक्ष प्रशारण गर्न सकिने विषय छ । सोहीअनुसार प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रमलाई सरकारी तथा अन्य सञ्चारको माध्यमबाट प्रत्यक्ष प्रशारण गर्न सकिने व्यवस्था छ ।दफा ५८ अनुसार प्रधानमन्त्रीलाई प्रश्न गर्न इच्छुक सदस्यले आफ्नो प्रश्नको विषयको लिखित जानकारी बैठक प्रारम्भ हुनुभन्दा तीन दिन अगावै सभामुखलाई गराउनुपर्नेछ ।
प्रतिनिधिसभा नियमावलीको दफा ५९ मा यस्ता प्रश्नमा सर्त लागु हुने व्यवस्था छ ।दफा ६० अनुसार यस परिच्छेदअन्तर्गत दिइएको जवाफको सम्बन्धमा सभामा कुनै छलफल गरिने छैन भनी उल्लेख भएको छ ।














प्रतिक्रिया